default_image

3 years ago

August 25, 2022

भुटानी फुटबल टोली काठमाडौं आइपुग्यो

260 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा ११ दिनपछि सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिनका लागि भुटानी राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौं आइपुगेको छ ।

भुटान टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा पूर्व खेलाडीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भारतले महिला साफ च्याम्पियनसिप खेल्न पाउने नपाउने निश्चित भइनसकेको अवस्थामा पनि नेपालले च्याम्पिनसिपको तयारी जारी राखेको छ । फिफाले अखिल भारत फुटबल महासंघ (आइएफएफए) लाई निलम्बन गरेपछि भारतको सहभागिता अनिश्चित बनेको हो ।

दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने भनिएको च्याम्पियनसिपमा अब ६ टोलीको मात्र प्रतिस्पर्धा हुने सम्भावना छ । समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । अर्को समूहमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । साफ च्याम्पियनसिपको सार्वाधिक सफल टोली भारत पनि समूह ए मै रहेको थियो ।

साफ च्याम्पियनसिप भदौ २१ गते देखि असोज ३ गते सम्म सञ्चालन हुने तय छ । पछिल्लो पटक विराटनगरमा साफ च्याम्पिनसिप आयोजना भएको थियो । त्यसमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको थियो । साफ च्याम्पियनसिपका लागि नेपाली टोली अन्तिम तयारीमा जुटेको छ । टोलीमा अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.