3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले निकालेको पछिल्लो वरीयतामा नेपाल यथास्थान मै रहेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाजस्तै १७६औं स्थानमा यथावत रहेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय खेलहरु भइरहेको छैन । सोही कारण पनि कुनै पनि टोलीको वरीयतालाई प्रभाव देखिएको छैन ।
नेपालले पछिल्लोपटक गत जुनमा कुवेतमा एसियन कप छनोट खेलेको थियो । नेपालले अर्काे महिना घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०४औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायम छ । १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । १८६औं स्थानमा रहेको भुटान नेपालपछि चौथो स्थानमा रहँदा बंगलादेश १९२औं स्थानमा पुगेको छ । १९६औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाको पुछारमा छ ।
विश्व वरियतामा ब्राजिल शीर्षस्थानमा यथावत रहेको छ । बेल्जियम दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहेको छ । शीर्ष २१ सम्म कुनै परिवर्तन भएको छैन ।
फ्रान्स, इंग्ल्यान्ड, स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष १० मा रहेका छन् । जर्मनी, मेक्सिको, उरुग्वे, अमेरिका, क्रोएसिया, स्वीट्जरल्यान्ड, कोलम्विया, सेनेगल, वेल्स, स्वीडेन र पेरु शीर्ष २१ मा रहेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]