default_image

3 years ago

August 27, 2022

भारतलाई साफ च्याम्पियनसिप खेल्न बाटो खुल्यो

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेसँगै यसै महिना दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतलाई बाटो खुलेको छ । फिफाले भारतलाई निलम्बन गरेको दुई साता पनि नबित्दै शुक्रबार फुकुवा गरेको हो ।

साफ च्याम्पियनसिपको साविक विजेता समेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ । भदौ २१ देखि असोज ३ गते सम्म हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ । यद्दपी यो विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आधिकारिक निर्णय गर्न बाँकी रहेको छ । अगष्ट २३ सम्म भारतको अवस्था के हुनु भन्ने विषयमा प्रतीक्षा गर्ने साफले यसअघि निर्णय गरेको थियो । तर‌ हालसम्म निर्णय नगरेपछि अब भने भारतलाई बाटो खुलेको हो ।

च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारतसँगै समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।
भारत च्याम्पियनसिपको साविक विजेता हो । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ९ खेल तथा २ सेमिफाइनल र फाइनल गरि साफमा १३ खेल हुनेछन् ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो । भुटानी फुटबल टोली भने बिहीबार नै काठमाडौं आइसकेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.