default_image

3 years ago

August 27, 2022

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

255 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– नौं दिनपछि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए ।

दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गते सम्म हुनेछ । नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ । समूह एमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुलेको छ । यद्दपी यस विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आधिकारिक निर्णय भने आउन बाँकी छ ।राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली

गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षक– हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके

मिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.