3 years ago
August 27, 2022
एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शीर्ष लिगमा लगातार पाँचौ तथा समग्रमा छैटौं हार बेहोरेको छ ।

शनिबार बाली युनाइटेड एफसीसँग उसकै मैदानमा ४–० ले पराजित भएपछि पेर्सिकले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको हो । बालीको फराकिलो जितमा इरफान जाया, इलिजा स्पासोजेविक, इवर विसा र लर्वी इलियान्ड्री बारुले गोल गरे ।
पहिलो हाफमा १–० को अग्रता लिएको बालीले दोस्रो हाफमा तीन गोल थप्दै लिगमा पाँचौ जित दर्ता गर्न सफल भयो । एक खेलमा बराबरीको नतिजा निकाल्दा लगातार पहिलो रोजाईमा खेलिरहेका रोहितले नयाँ टोलीबाट जितको स्वाद चाख्न पाएका छैनन् ।
जितसँगै बालीको खेलबाट १५ अंक पुगेको छ । समान १५ अंक भएपनि एक खेल कम खेलेको बोर्नियो शीर्षस्थानमा रहेको छ । पराजित पेर्सिक ७ खेलबाट १ अंक जोडेर पुछारमा छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]