default_image

3 years ago

August 28, 2022

मिति तय हुँदा पनि एनएसएल हुने टुंगो लागेन

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तय गरिसकेपनि नेपाल सुपर लिग (एनएसएल) यो वर्ष हुने नहुने अझै टुंगो भने लागिसकेको छैन ।

एन्फाले एनएसएलको दोस्रो संस्करण आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेको समय दिएको छ । यसै साता पनि टुंगो लाग्न नसके एनएसएल आयोजना गर्न कठीन हुने आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानजमेन्ट (एनएसइएम) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्मा बताउँछन् ।

‘एन्फाले मिति तय गरेपनि अन्य विषय टुंगो लाग्न बाँकी । असोज २३ बाट एनएसएल सुरु गर्न तयारी पनि गर्नुपर्ने हुन्छ,’ उनले भने,‘ हामीले यो साता पनि टुंगाउन सकेनौं भने यो वर्ष एनएसएल गर्न कठिन हुन्छ । एन्फाकै आफ्नो तालिकाले टाइट छ ।’

एन्फाले एनएसइएमसँगको पुरानै सम्झौता रद्द गरेपनि नयाँ सम्झौता हुन सकेको छैन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको संयोजकत्वमा रहेको समितिले एनएसइएमसँग २ करोड रुपैयाँको रोयल्टी, हरेक वर्ष २० प्रतिशतको बृद्धि गरिने प्रस्ताव गरेको छ ।

रोयल्टी रकमको मुल्य धेरै भएको एनएसइएमको भनाई छ । ‘एकै पटक २ करोड रुपैयाँ दिन हामी सक्ने अवस्थामा छैनौं । हामी रोयल्टी तिर्न पनि तयार छौं,’ शर्माले भने,‘ तर पहिलो बर्षनै २ करोड भन्नु हाम्रो लागि कठिन हो । हामीले नाफामा चलाएको प्रतियोगिता होइन । कसैले लगानी नगरेको समयमा हामीले एनएसएल गरेका हौं ।’

रोयल्टीको विषयमा सहमति भएको खण्डमा आफूहरु एनएसएल आयोजनाका लागि तयार रहेको पनि शर्माले बताए । ‘हामले त सबै तयारी गरेर अन्तिम समयमा एनएसएल रोक्नु परेको हो,’ उनले थपे,‘ हामीले चाँडो भन्दा चाँडो गर्न चाहन्छौं । त्यसका लागि वातावरण एन्फाले नै बनाउनुपर्ने हुन्छ ।’

एन्फा प्रवक्ता सुरेश शाहले एनएसएल आयोजकलाई रोयल्टी रकम २ करोड र बार्षिक २० प्रतिशत बृद्धिको प्रस्ताव राखेको बताए । ‘हामीले रोयल्टी रकम र बार्षिक बृद्धिको प्रस्तावसँगै एनएसएललाई प्राइभेट लिगका रुपमा सञ्चालनको मोडल दिएका छौं, उनले भने,‘ उहाँहरुले सल्लाह गरेर आउँछौं भन्नुभएको छ । सम्भवत यो विषय छिट्टै टुंगिएला ।’

एनएसएलका फ्रेन्चाईज टोली अझै ढुक्क हुन सकेका छैनन् । फ्रेन्चाईज टोलीले एन्फासँग लामो सम्झौताका लागि एनएसएल आयोजकमाथि दबाब बढाइरहेको छ । ‘एनएसएलका टोलीको ठूलो लगानी भइसकेको छ । भविष्यमा एनएसएलबाट आम्दानी हुन्छ भन्ने सम्भावनाका लागि पनि उनीहरु लामो सम्झौता चाहन्छन्,’ शर्माले भने,‘ हामीले त्यहि अनुसार एन्फालाई प्रस्ताव गरेका छौं ।’

एन्फा भने ४ वर्षभन्दा लामो समयका लागि सम्झौता गर्न नसकिने बताउँदै आएको छ । ‘हाम्रो कार्यकाल नै ४ वर्षको भएपछि त्यो भन्दा पछिका लागि पनि हुने गरि सम्झौता गर्न उपयुक्त हुँदैन, शाहले थपे,‘४ वर्षसम्म राम्ररी सञ्चालन भयो भने त्यसपछि आउने कार्यसमितिले पनि सम्झौतालाई निरन्तरता दिने सम्भावना रहन्छ नै ।’

एनएसएलको दोस्रो संस्करणको मिति दुई पटक तय भएर पनि यो वर्ष हुन सकेको छैन । खेलाडी अक्सन गरेर पनि एन्फाको आन्तरिक विवादका कारण एनएसएल हुन सकेन । सुरुमा सहिद स्मारक ए डिभिजन लिगको आपत्ती र दोस्रो पटक समय अभावको कारण देखाउँदै फेन्चाईज टोलीले एन्फाले दिएको मितिमा खेल्न नसक्ने बताएका थिए ।

असार ६ गते एन्फाको निर्वाचनबाट नयाँ कार्यसमिति आएयता एनएसएलका लागि पटक पटक छलफल भइसकेको छ । यद्दपी अझै एनएसएल हुने टुंगो भने लाग्न सकेको छैन । गत वर्ष वैशाख जेठमा ७ टोलीको सहभागितामा एनएसएल आयोजना भएको थियो । यसपटक ३ टोली थपिएर १० टोली पुगेका छन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.