3 years ago
September 1, 2022
एजेन्सी – तल्लो श्रेणीको भिक्टोरिया कोल्नमाथि सानदार जित निकाल्दै जर्मन महारथी बायर्न म्युनिख जर्मन कप (डिएफवी) पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

कोल्नमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोली भिक्टोरिमाथि ५–० को सानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
बायर्नको सहज जितमा रायन ग्रेभेनवर्च, म्याथिज टेल, साडियो माने, जमल मुसिएला र लियोन गोरेट्जकाले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।
गोलको वर्षा भएको खेलको ३५औं मिनेटमा ग्रेभेनवर्चको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा म्याथिज टेलले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
५३औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । ६७औं मिनेटमा जमल मुसिएलाले तथा ८२औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई सहज जित दिलाए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]