3 years ago
September 1, 2022
एजेन्सी – युरोपेली फुटबल अन्तर्गत समर ट्रान्सफर आज बन्द हुँदैछ । शीर्ष लिगका अधिकांश ठूला क्लबले ट्रान्सफर बजारमा आफ्नो खरिद-विक्री पूरा गरेपनि केहि क्लब अझै खेलाडी भित्र्याउने र पठाउने प्रक्रियामा छन् ।

विश्व फुटबलकै शीर्ष लिग मानिने प्रिमियर लिगमा यसपटक ऐतिहासिक कारोबार भएको छ । प्रिमियर लिगका २० क्लबले यसपटक १.७ बिलियन पाउण्ड खर्च गरिसकेका छन् । आज ट्रान्सफर विन्डो बन्द हुँदासम्म यो रकम पढ्ने पक्का छ । यसअघि सन् २०१७ मा प्रिमियर लिगका क्लबले १.४३ बिलियन खर्चेको सर्वाधिक थियो ।
पछिल्ला दुई सिजन कोरोना संक्रमणका कारण क्लबहरु खुलेर खर्चन डराइरहेका थिए । त्यसैले पनि गत सिजन लिगको खर्च १.१ बिलियन पाउण्ड रहेको थियो । कोरोनापछि क्लबहरुको आयस्रोत बिस्तारै लयमा फर्केसँगै ट्रान्सफर बजारमा खर्च पनि बढेको छ । गत सिजन दुवै ट्रान्सफर विन्डोमा भएको खर्च (१.४४ बिलियन) भन्दा यसपटक समर विन्डोमा बढी खर्च भएको छ ।
यसपटक प्रिमियर लिगमा १७ खेलाडी ३० मिलियन भन्दा बढी मूल्यमा विक्री भएका छन् । सन् २०२१ को विन्डोमा यो संख्या ८ खेलाडी थियो । अन्तिम दिन पनि यो संख्या बढ्ने सम्भावना छ ।
यसपटक लिगमा १ सय ४३ खेलाडी भित्रिएका छन् । गत सिजन १ सय ४८ खेलाडी दर्ता हुँदै बनेको कीर्तिमान यसपटक तोडिने पक्का जस्तै छ । गत सिजन अन्तिम दिन १४ खेलाडी भित्रिएका थिए ।
यसपटक म्यानचेस्टर युनाइटेडले ब्राजिलियन विंगर एन्टोनीसँगै ५ खेलाडी अनुबन्ध गर्न झन्डै २ सय मिलियन पाउण्ड खर्चियो । रियल म्याड्रिडका कासेमिरो, आयाक्सका लिसान्द्रो मार्टिनेज, फेयनुर्डका टिरेल मालासिया र ब्रेन्टफर्डबाट क्रिस्टियन एरिक्सन पनि युनाइटेड आएका छन् । क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने हल्ला चलेपनि प्रशिक्षक एरिक टेन हाग पोर्चुगिज फरवार्ड आफ्नो योजनामा रहेको बताउँदै आएका छन् ।

चेल्सीले ट्रान्सफर विन्डोमा इतिहासकै सर्वाधिक रकम खर्च गर्ने क्रममा २ सय ४८ मिलियन पाउण्ड खर्च गरेको छ । लेस्टरका डिफेन्डर वेस्ली फोफानासँगै ब्राइटनका मार्क कुकुरेला, नापोलीका कालिडु कौलिबली र म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ भित्र्याएको चेल्सीले एभर्टनका एन्थोनी गोर्डनमा पनि नजर राखेको छ । त्यस्तै बार्सिलोनाका पिएर एमेरिक औबामेयाङ पनि चेल्सी आउने चर्चा छ ।
म्यानचेस्टर सिटी, टोटेनहम हट्सपर, लिभरपुल र आर्सनलले पनि यस सिजन खुलेर खर्च गरेका छन् । लेस्टर सिटीले भने हालसम्म सिनियर टोलीमा कुनै खेलाडी अनुबन्ध गरेको छैन । अन्तिम दिनमा लेस्टरले केही अनुबन्धन गर्ने अपेक्षा रहेको छ ।
इंग्ल्यान्डसँगै स्पेन, इटाली, जर्मनी र फ्रान्समा पनि आज ट्रान्सफर विन्डो बन्द हुनेछ । त्यसैले सबै क्लबहरु समयमा नै आफूले चाहेको खेलाडी अनुबन्ध गरेर सिजनमा ध्यान दिन तल्लिन हुनेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]