3 years ago
September 3, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट ह्यामलाई २-१ ले पराजित गर्यो ।

निकै तनावपूर्ण खेलमा वेस्ट ह्यामले खेलको अधिकांश समय चेल्सीलाई आक्रमण गर्न नदिएपनि खेलाडी परिवर्तन गरेसँगै घरेलु टोलीले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो । चेल्सीको जितमा बेन्चबाट मैदान छिरेका बेन चिल्वेलले गोल र असिस्ट दिए ।
वेस्ट ह्यामले ६२ औं मिनेटमा मिकेल एन्टोनियोको गोलमा अग्रता लिएको थियो । कर्नरमा चेल्सीका गोलरक्षक एडुआर्ड मेन्डीले गल्ति गर्दा एन्टोनियोले त्यसको फाइदा उठाए । तर १४ मिनेटपछि नै चेल्सी खेलमा फर्कियो । चिल्वेलले निकै कठिन एंगलबाट गोल गर्दै खेल बराबर गरे ।
वेस्ट ह्यामका लागि यसै सिजन क्लबमा भित्रिएका म्याक्सवेल कर्नेटले खेल जिताउने सुवर्ण अवसर पाएका थिए । तर उनको हेडर पोस्टमा लागेपछि चेल्सीले अर्कोतर्फ गोल गर्ने अवसर पायो । चिल्वेलको क्रसमा काइ हाभर्टजले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।
खेलको अन्तिम समयतिर वेस्ट ह्यामले गोल फर्काएपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन । कोर्नेटले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यस मुभका दौरान गोलरक्षक मेन्डीमाथि फल भएको जनाउँदै गोल मान्य भएन ।
यस जितले चेल्सी अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा ३ जित, १ बराबरी र २ हार्र रहेको छ । वेस्ट ह्याम भने ६ खेलमा ४ अंकसहित १८ औं स्थानमा छ ।
त्यसअघि दिनको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]