3 years ago
September 9, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको समूह चरणको पहिलो खेलमा हार बेहोरेको छ । युनाइटेड घरेलु मैदानमा स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा सोसिडाडको जितमा दोस्रो हाफका ब्राइस मेन्डिसले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए ।
बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा युनाइटेड घरेलु मैदानमा पराजित हुन पुग्यो ।यही समूह ‘ई’ को अर्काे खेलमा एफसी सेरिफले ओमोनिया निकोसियालाई ३–० ले पराजित गरेको छ ।
यस नतिजासँगै सेरिफ ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि सोसिडाड दोस्रो स्थानमा तथा युनाइटेड तेस्रो तथा निकोसिया पुछारमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]