3 years ago
September 10, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो ।

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको छ ।
प्रिमियर लिगमा यो साता सातौं राउन्डको खेल तय भएको थियो । यो साता प्रिमियर लिगमा फुलहम र चेल्सी, बर्नमाउथ र ब्राइटन, लेस्टर सिटी र एस्टन भिल्ला, लिभरपुल र वल्भ्स, साउथह्याम्टन र ब्रेन्टफर्ड, म्यानचेस्टर सिटी र टोटेनहम, आर्सनल र एभर्टन, वेस्टह्याम र न्यूक्यासल, क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेड तथा लिड्स र नटिङघम फरेस्टबीच खेल हुने तालिका थियो ।

प्रिमियर लिगको छैटौं चरणको खेल सकिदा आर्सनल १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आर्सनललाई म्यानचेस्टर सिटी र टोटेनहमले पछ्याइरहेको छ । लेस्टर १ अंक जोडेर पुछारमा छ ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]