3 years ago
September 10, 2022
एजेन्सी – ब्राजिल फुटबल कन्फेडेरेसन (सिविएफ) ले दुई मैत्रीपूर्ण खेलको लागि टोली घोषणा गर्दा यो सिजन इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेका आर्सनलका फरवार्ड गाब्रियल जेसससँगै गेब्रिएल मार्टिनेली र गेब्रिएल मागाल्हेस ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् ।

ब्राजिली प्रशिक्षक टिटेले कतार विश्वकप २०२२ अघिको दुई मैत्रीपूर्ण खेलका लागि २६ सदस्यीय टोली घोषणा गर्दा आर्सनलका यि तीन खेलाडीसँगै फिलिपे कौटिन्हो पनि टोलीबाट बाहिरिएका हुन् । ब्राजिलले यसै महिना फ्रान्समा घाना र ट्युनिसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
यसै समरमा म्यानचेस्टर सिटीबाट आर्सनल आएका जेसस उच्च लयमा रहेका छन् । उच्च लयमा रहेका यि तीनै खेलाडी टिटेको विश्वकप टोलीमा समावेश हुने अपेक्षा गरिएको छ । प्रशिक्षक टिटेले प्रिमियर लिग क्लबबाट ११ खेलाडीहरुलाई टोलीमा समावेश गर्दा आर्सनलका तीन खेलाडी अटाएका छैनन् ।
ब्राजिली प्रशिक्षक टेटेले नयाँ खेलाडीलाई अवसर दिन केही खेलाडीलाई विश्राम दिएको बताएका छन् । प्रशिक्षक टिटेले एस्टन भिल्लाका मिडफिल्डर फिलिपे कौटिन्होलाई पनि टोलीमा समेटेका छैनन् । ‘कौटिन्हो असाधारण खेलाडी हुन् ।’ टिटेले भने, ‘जेसस पनि । हामी डेभिड नेरेस र मार्टिनेलीको बारेमा कुरा गर्दैछौं । धेरै गाह्रो छ ।’

लिभरपुलका तीन खेलाडी एलिसन, फाविन्हो र रोबर्टाे फिर्मिनो टोलीमा परेका छन् । म्यानचेस्टर युनाइटेडका फ्रेड, एन्टोनी र क्यासमिरो पनि टोलीमा छन् । टोटेनहमका रिचार्लीसन, वेस्ट ह्यामका लुकास पाक्वेटा, न्यू क्यासलका ब्रुनो गुइमारेस, म्यानचेस्टर सिटीका इडर्सन र चेल्सीका थियागो सिल्भा ब्राजिलको टोलीमा अटाएका छन् ।
पाँच पटकको विश्व विजेता ब्राजिलले सेप्टेम्वर २३ मा घानासँग फ्रान्सको ले हाभ्रेमा र त्यसको चार दिनपछि पार्क डेस प्रिन्सेससमा ट्युनिसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । कतारमा हुने विश्वकप अघि ब्राजिलको यो अन्तिम तयारी खेल हो ।
विश्वकपमा ब्राजिल क्यामरुन, सर्विया र स्वीट्जरल्यान्ड रहेको समूह ‘जी’ मा रहेको छ । समूह ‘एच’ मा पोर्चुगल, दक्षिण कोरिया, उरुग्वे र घाना रहेको छ । विश्वकप नोभेम्वर २० देखि डिसेम्वर १८ सम्म कतारमा हुँदैछ ।
ब्राजिली टोली
गोलकिपर – एलिसन, इडर्सन र वेभर्टन
डिफेन्डर – डानिलो, एलेक्स सान्द्रो, एलेक्स टेलास, ब्रेमेर, इडर मिलिसाओ, मार्किन्हस, इवानेज र थियागो सिल्भा
मिडफिल्डर – ब्रुनो गुइमारेस, क्यासमिरो, फाविन्हो, फ्रेड, लुकास पाक्वेटा र एभर्टन रिवेइरो
फरवार्ड – एन्टोनी, रोबर्टाे फिर्मिनो, म्याथिअस कुन्हा, नेयमार पेड्रो, राफिन्हा, रिचार्लीसन, भिनिसियस जुनियर र रोड्रिगो
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]