3 years ago
September 10, 2022
चितवन (हाम्रो खेलकुद) – फरर्वाड राज भुसालको ६ मद्दतमा केबिए ग्लोबल भरतपुर फुटबल क्लबले इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा फराकिलो जित हात पारेको छ ।

शनिबार सुरु भएको गोल्डकपको उद्घाटन खेलमा बिएफसीले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले पाखा लगायो । बिएफसीको जितमा राज भुसालले ६ गोल गरे भने रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले १ गोल गरे ।
एकतर्फी खेलको १६ औं मिनेटमा रन्जितको गोलमा बिएफसीले अग्रता लियो । वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे । २८ औं मिनेटमा राजले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए । ३३ औं मिनेटमा रन्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–० को अग्रता लियो । ३८ औं मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५–० को अग्रता लियो ।
दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए । दोस्रो हाफको १७ औं मिनेटमा राजको गोलमा बिएससीले ७–० को अग्रता बनायो । २३ औं मिनेटमा रोशनले गोल गर्दै बिएफसीको अग्रता ८–० मा पुराए । दोस्रो हाफको २५ औं राजले छैटौं .गोल गरेपछि बिएफसी ९–० ले विजयी भयो ।
बिएफसीका राज म्यान अफ दि म्याच चुनिए। उनले १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा आइतबार नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ बीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा स्वदेशी र विदेशी गरी १० टोली सहभागिता रहेको छ । सहभागी टोली २ समूहमा विभाजन गरिएको छ । गोल्डकपको विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]