3 years ago
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले एएफसी यू-२० च्याम्पियनसिपमा भुटानविरुद्धको हार स्वीकारयोग्य नरहेको बताएका छन् ।

बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा शनिबार भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो । भुटानले दुवै हाफमा १-१ गोल गर्दै खेलमा जित हासिल गरेको हो । खेलपछि बोल्दै टोलीका प्रशिक्षक मेघराज केसीले भुटानविरुद्ध हार स्वीकार्न नसकिने बताएका हुन् ।
‘पक्कैपनि आजको खेल नतिजाको हिसाबमा नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौं ।’
‘हामी बहराइनमा एकदिन अघि आइपुगेका हौं । यहाँको समय र मौसमसँग हामी भिज्न सकेनौं । खेलाडीहरु धेरैजना बिरामी पनि परे । खेलाडीहरुको जिउमा शक्ति नै नभएको जस्तो पनि भयो ।’
‘हामीले हिजो साँझ प्रशिक्षण पनि गर्यौं । नेपाली समयअनुसार रातको दुई बजेसम्म हामी बाहिर नै थियौं । हामी एक दिनमा नै समयसँग मिल्ने कुरा भएन ।’

‘समग्रमा त्यो सबै भन्दा पनि, हामीले भुटानसँग हरेको स्विकार्नुपर्छ । भुटान यो वातावरणमा सहज बनाउन १० दिन अघि आएको थियो । हामीले एउटा प्रशिक्षण सेसन पनि राम्रोसँग गर्न पाएनौं । तैपनि यो नतिजा स्वीकारयोग्य छैन ।’
एएफसी यू-२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ११:४५ बजे हुनेछ । प्रशिक्षक केसीले टोलीको अवस्था हेरेर मात्र उक्त खेलबारे भन्न सकिने बताए । ‘आजको रात र भोलिको रात विश्राम छ । पर्सी खेल भएकाले अब खेलाडीले कसरि रिकभर गर्छन्, त्यसमा नै भर पर्छ,’ उनले भने ।
एएफसी यू-२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् । बंगलादेश साफ यू-२० मा उपविजेता बनेको थियो । साफमा नेपाल र बंगलादेशको खेल १-१ को बराबरीमा सकिएको थियो । एएफसी यू-२० मा सहभागी १० समूहबाट सबै शीर्ष टोली र उत्कृष्ट ५ दोस्रो स्थानको टोली अन्तिम चरणका लागि अघि बढ्नेछन् ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]