default_image

3 years ago

September 11, 2022

एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

237 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडको फराकिलो जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले सेल्टा डि भिगोलाई ४–१ को जित निकालेको हो ।

घरेलु मैदानमा एट्लेटिकोको जितमा एन्जल कोरेआ, रोड्रिगो डि पउल र यान्निक कारास्कोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सेल्टाका गाब्रियल भेइगाले एक गोल फर्काए ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको नवौं मिनेटमा एन्जल कोरेआको गोलबाट एट्लेटिकोले अग्रता लियो । ५०औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा यान्निक कारास्कोले गोल गरेपछि एट्लेटिको सहज जिततर्फ अग्रसर बन्यो ।

७१औं मिनेटमा सेल्टाका गाब्रियल भेइगाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा युनाइ नुनेजले आत्मघाती गोल गरेपछि एट्लेटिको ४–१ ले विजयी हुन सफल भयो ।

यस जितसँगै एट्लेटिको ५ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित सेल्टा ७ अंक जोडेर ११औं स्थानमा छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.