3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा आरामदायी अग्रता बनाएको छ । नेपालले पहिलो हाफमा ४–० को अग्रता कायम गरेको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले गोल गरे । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै आरामदायी अग्रता लिन सफल भयो । खेलको आठौं मिनेटमा अनिता बस्नेतको पेनाल्टी बक्स बाहिरको प्रहार गोलरक्षकले बचाइन् । लगत्तै नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाइन् ।
११औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । उनले अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत जाली चुमाईन् । १७औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत नै जाली चुमाइन् ।
२९औं मिनेटमा गोललाइन नजिकै नेपालले सुवर्ण अवसर पाएपनि रेखा पौडेल र अनिताबीच तालमेल नमिल्दा गोल निस्कन सकेन । ३५औं मिनेटमा अनिताको कर्नरमा हीराको प्रहार श्रीलंकाका गोलरक्षक योहानी विरसिंगेले बचाइन् । लगत्तै श्रीलंकाली डिफेन्डरको क्लिअरेन्स टप कर्नरमा लागेर फर्कदा नेपालले थप अग्रता बढाउन सकेन ।

३९औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षकले नियन्त्रणमा लिइन् । ४२औं मिनेटमा श्रीलंकाले पहिलो आक्रमण बुन्दा नेपाली टोलीका गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई कुनै खतरा भएन । इन्ज्युरी समयमा दीपा शाहीले गोल गर्दै नेपाललाई ४-० ले अघि बढाइन् । उनको राष्ट्रिय टोलीबाट यो पहिलो गोल हो ।
यस खेलमा सफलता या बराबरीले पनि नेपाल समूह ‘बी’ को विजेता बन्नेछ । भुटान सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]