default_image

3 years ago

September 14, 2022

लिभरपुलले आयाक्सलाई हरायो

480 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्समाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले आयाक्सलाई २–१ ले पराजित गरेको हो ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल मटिपले गोल गरे । आयाक्सका मोहम्मेद कुडुसले एक गोल फर्काए ।

खेलको १७औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । २७औं मिनेटमा मोहम्मेद कुडुसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काए । उनले स्टेभन वर्गवाइनको पासलाई सदुपयोग गरेका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई यस सिजनको च्याम्पियन्स लिगमा पहिलो जित दिलाए । यस जितसँगै लिभरपुल २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

समान ३ अंक नै भएपनि एक खेल कम खेलेको नेपोली शीर्षमा छ । पराजित आयाक्सको पनि ३ अंक नै रहेपनि हेड टु हेडमा लिभरपुलभन्दा पछि छ । एक खेल कम खेलेको रेन्जर्स अंकविहीन छ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.