default_image

3 years ago

September 14, 2022

रोमाञ्चक जित निकाल्दै एपिएफ सेमिफाइनलमा

292 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) माथि रोमाञ्चक जित हात पार्दै सशस्त्र प्रहरी बल (एपिएफ) एफसी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको रोमाञ्चक खेलमा बिभागिय टोली एपिएफले आयोजक बिएफसीलाई ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो । एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे । एपिएफले अर्को एक उपहार गोल पायो । बिएफसीका कमल थापा र राज भुसालले गोल गरे ।

खेलको १० औं मिनेटमा हरिको गोलबाट एपिएफले अग्रता लियो । एक गोलले पछि परेको बिएफसीले पहिलो हाफको अतिरिक्त समयमा कमब्याक गर्‍यो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा कमलले बराबरी गोल फर्काए । लगत्तै अतिरिक्त समयको तेस्रो मिनेटमा राजले गोल गर्दै ए डिभिजन क्लबविरुद्ध बिएफसीलाई अग्रता दिलाए ।

बिएफसीको कमब्याकपछि खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा दुबै टिमले गोलको अवसर सृजना गर्ने प्रयास गरे । ४९ औं मिनेटमा एपिएफ बराबरी गोल फर्काउन सफल भयो । उसका लागि हरि कार्कीले गोल गरे ।

६९ औं मिनेटमा एपिएफ भाग्यमानी साबित भयो । बिएफसीका कुलदीप कार्कीले आत्माघाती गोल गरे । बल क्लियर गर्न खोज्दा उनले आफ्नै पोष्टमा गोल गरेपछि एपिएफ ३–२ ले विजयी भयो । एपिएफका हरि म्यान अफ दि म्याच चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे ।

यो जितसँगै सेमिफाइनलमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि मनाङ एफसीको सामना गर्नेछ । मनाङले बागमती नगरपालिका सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

क्याम्पाचौर नारायणगढमा जारी गोल्डकपमा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नव जनजागृती युवा क्लब भिड्नेछन् । असोज ३ गतेसम्म चल्ने गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.