3 years ago
September 15, 2022
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा इजरायली क्लब मकावी हाइफामाथि ३–१ को पूनरागन जित निकालेको खेलमा एक गोल गर्दै उनले रोनाल्डोको कीर्तिमान तोडेका हुन् ।
सात पटकको बालोन डिओर विजेता मेस्सीले च्याम्पियन्स लिगमा ३९ फरक क्लबविरुद्ध गोल गर्ने खेलाडी बनेका हुन् । यसअघि रोनाल्डोले ३८ फरक क्लबविरुद्ध गोल गर्दै कीर्तिमान राखेका थिए । यस्तै ३५ वर्षीय मेस्सी च्याम्पियन्स लिगमा आफूले खेलेका सबै १९ राष्ट्रका क्लबविरुद्ध गोल गर्न सफल भएका छन् ।
यस्तै मेस्सीले च्याम्पियन्स लिगको लगातार १८औं सिजनमा गोल गर्ने अर्को कीर्तिमान पनि बनाएका छन् । उनले सन् २००५–०६ मा बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए । त्यसयताको सबै सिजनमा मेस्सी गोल गर्न सफल भएका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले पनि लगातार १७ सिजन गोल गरेका छन् । चोटका कारण उनी केही साता मैदान बाहिर छन् । उनले अब हुने खेलमा गोल गरे उनी पनि लगातार १८औं सिजन गोल गर्र्ने खेलाडी बन्नेछन् ।
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान ३७ वर्षीय रोनाल्डोकै नाममा छ । रोनाल्डोले १४० गोल गरेका छन् । दोस्रोमा रहेको मेस्सीले १२६ गोल गरेका छन् । यो सिजन रोनाल्डो रहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा छैन । त्यसैले अन्य खेलाडीले रोनाल्डोको सर्वाधिक गोललाई कम गर्ने सम्भावना छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]