3 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच फिफा डेमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

दशरथ रंगशालामा असोज ११ गते साँझ ५ः३० बजे नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने यसअघि नै तय भइरहेको छ । मैत्रीपूर्ण खेलका लागि एन्फाले झण्डै २ महिनादेखि राष्ट्रिय टोलीको प्रशिक्षण गराइरहेको छ । सो खेलका लागि एन्फाले प्रदीप हुमागाईलाई टोलीको कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
एन्फाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले बंगलादेश टोली मैत्रीपूर्ण खेलको चार दिन अघि असोज ७ गते नेपाल आइपुग्ने जानकारी दिए । मैत्रीपूर्ण खेलका लागि झण्डै ४९ लाख रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ । मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकका लागि एन्फाले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँको टिकट दर तोकेको छ । एन्फाले मैत्रीपूर्ण खेलको संयोजक उपाध्यक्ष विराटजंग शाहीले तोकेको छ ।
नेपाल र बंगलादेशीच अहिले सम्म २३ खेल भएका छन् । जसमा नेपालले ७ खेल र बंगलादेशले १३ खेल जितेको छ । ३ खेल भने बराबरीमा भेट भएको छ । बंगलादेश सन् २००३ को साफ च्याम्पियन हो भने नेपाल पछिल्लो संस्करणमा फाइनल पुगेको थियो ।
प्रवक्ता शाहले खेलाडीलाई व्यस्त राख्नका लागि मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको र नेपाली टोलीले सफलता प्राप्त गर्नेमा आशावादी रहेको बताए । राष्ट्रिय टोली ५ महिनापछि खेल्ने तयारीमा रहेको छ । एसियन कप छनोटको अन्तिम खेल नेपालले असार ६ गते कुवेतमा खेलेको थियो ।
तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण त्यति बेला टोलीका नियमित खेलाडीमध्येका कप्तान किरण चेम्जोङ, रोहित चन्द, विमल घर्ती मगर, अन्जन विष्टलगायत ११ खेलाडी टोलीमा थिएनन् । यसपटक भने उनीहरुमध्ये कतिपय टोलीमा फर्केका छन् भने कति विदेश पुगेका छन् । नेपाल र बंगलादेशबीच २०७७ को चैतमा दशरथ रंगशालामा थ्री नेसन्स कपको फाइनल भएको थियो । जसमा नेपाली टोली २–१ ले विजयी भएको थियो ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]