default_image

3 years ago

September 17, 2022

जर्मन लिगमा बायर्नको पहिलो हार

225 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा कमजोर सुरुवात गरेको साविक विजेता बायर्न म्युनिखले शनिबार सिजनको पहिलो हार बेहोरेको छ । बायर्नले अग्सबर्गको मैदानमा १-० को हार बेहोरेको हो ।

घरेलु टोली अग्सबर्गका लागि मेर्गिम बेरिशाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले इयागोको पासमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरेका थिए । बायर्नले खेलको अधिकांश समय बल पोसेसनमा पकड जमाएपनि पाएको अवसर सदुपयोग गर्न सकेन ।

बायर्नले जर्मन लिगको पछिल्लो ४ खेलमा जित हासिल गर्न सकेको छैन । सुरुवाती तीन खेलमा जित हासिल गरेको बायर्नले त्यसयता लगातार ३ खेल बराबरी गरेको थियो । यस हारले टोलीको ७ खेलमा ३ जित, ३ बराबरी र १ हारले १२ अंक भएको छ ।

सुरुवाती तीन खेलमा १५ गोल गर्दै १ गोल खाएको बायर्नले त्यसयताको ४ खेलमा भने खराब प्रदर्शन गरेको छ । टोलीले ५ गोल खाँदै ४ गोल मात्र फर्काएको छ । रोबर्ट लेवान्डोस्कीले क्लब छाडेसँगै बायर्नले मुख्य फरवार्डको कमी महसुस गरेको हो ।

बायर्नले च्याम्पियन्स लिगमा भने सुरुवाती दुवै खेल जितेको छ । ग्रुप अफ डेथमा रहेको बायर्नले इन्टर मिलान र बार्सिलोनालाई समान २-० को अन्तरले पराजित गरेको हो ।

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

November 13, 2025

लालीगुराँस र चिल्लाङ राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]

Success

Thank you for your time.