3 years ago
September 18, 2022
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमका लागि सनको ह्याट्रिकसँगै ह्यारी केन, एरिक डाएर र रोड्रीगो बेन्टान्कुरले १-१ गोल गरे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडीसनले १-१ गोल गरे । लेस्टरले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन नसक्दा हार बेहोर्यो ।
लेस्टरले खेलको छैटौं मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पहिलो पेनाल्टी गोलरक्षक ह्युगो लोरिसले बचाएपनि उनको खुट्टा गोललाइनभन्दा अघि रहेको भन्दै रेफ्रीले पुन: पेनाल्टी लिने निर्णय दिएका थिए । दोस्रो प्रयासमा भने टिलेमान्स गोल गर्न सफल रहे । तर उक्त अग्रता २ मिनेट पनि टिक्न सकेन ।
डेजान कुलुस्भ्सकीको क्रसमा केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । २१ औं मिनेटमा डाएरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत गोल गरे । ४१ औं मिनेटमा म्याडीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ४७ औं मिनेटमा बेन्टान्कुरले गोल गर्दै टोटेनहमको अग्रता पुन: स्थापना गरे । उनले विल्फ्रिड एनडीडीबाट बल खोसेपछि पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै अग्रता दिलाए । त्यसपछि टोटेनहमका लागि बेन्चबाट मैदान प्रवेश गरेका ह्युङ मिन सनले जादुमयी प्रदर्शन गरे ।
५९ औं मिनेटमा रिचार्लीसनको स्थानमा मैदान छिरेका उनले ७३ औं मिनेटमा पहिलो गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दायाँ खुट्टाले गरेको शक्तिशाली प्रहार गोल भएको थियो । ८४ औं मिनेटमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट बायाँ खुट्टाले गोल गरे । त्यसको दुई मिनेटपछि नै अफसाइड लाइन बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै सनले ह्याट्रिक पूरा गरे । उनले १३ मिनेट २१ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गरे ।
यस जितसँगै टोटेनहमको ७ खेलमा १७ अंक भएको छ । टोलीले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ ।
शनिबार नै भएको अर्को खेलमा न्युकासल युनाइटेड र बर्नमाउथको खेल १-१ को बराबरीमा टुंगियो । फिलिप बिलिङको गोलमा बर्नमाउथले अग्रता लिएपनि दोस्रो हाफमा एलेक्जेन्डर इसाकले पेनाल्टीबाट बराबरी गोल फर्काए । न्युकासल र बर्नमाउथ दुवैले ७ खेलमा ८ अंक जोडेका छन् ।
त्यसअघि दिनको पहिलो खेलमा म्यानचेस्टर सिटीले जित हासिल गर्दै शीर्षस्थानमा उक्लिएको थियो । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे ।
खेलको पहिलो मिनेटमा नै ज्याक ग्रेलिसको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।
१६औं मिनेटमा उच्च लयमा रहेका हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको पासमा हालान्डले गोल गर्न सफल भए । उनको यो सिजनमा १० खेलमा १४औं गोल तथा प्रिमियर लिगमा ७ खेलमा ११औं गोल हो ।
३३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । ज्याक ग्रेलिसमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले नाथन कोलिन्सलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि घरेलु टोली झनै समस्यामा परेको थियो ।
६९औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जित पक्का गरे । फोडेनले मिडफिल्डर डि ब्रुएनाकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नक्दा सिटी अपराजित रहँदै शीर्षस्थानमा उक्लन सफल भयो ।
यस जितसँगै अपराजित रहेको सिटीले पनि ७ खेलबाट ५ जित र २ बराबरीसहित १७ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनलको १५ अंक छ । पराजित वल्भ्स ७ खेलबाट ६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]