3 years ago
September 18, 2022
एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) राती सिजनको पहिलो ‘म्याड्रिड डर्बी’ मा प्रतिस्पर्धा हुँदैछ । अन्तर्राष्ट्रिय विश्राम अघि मड्रिड शहरका दुई प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राती १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा एट्लेटिको रियललाई सिजनको पहिलो हार चखाउने योजनामा मैदान उत्रनेछ ।
औसतको सुरुवात गरेको एट्लेटिको ५ खेलबाट १० अंक जोडेर सातौं स्थानमा रहेको छ । रियल पाँचै जितसहित १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
लयमा रहेको रियलविरुद्ध मैदान उत्रदा एट्लेटिकोलाई चोटले पिरोल्नेछ । गोलरक्षक जान ओब्लाक टोलीमा फर्किएका छन् । थोमस लेमार र सर्जियो रिगुइलोन रियलविरुद्ध उत्रने छैनन् । स्टेफन साभिक र जोसे मारिया जिमिनेज पनि टोलीमा हुने छैनन् । जिमिनेजले लगातार तीन खेल गुमाउनेछन् ।
टोलीसँग यान्निक कारास्को, अल्भारो मोराटा, एन्टोइन ग्रिजमन, जोआओ फेलिक्स, म्याथिअस कुन्हा, सउल निग्वेज, रोड्रिगो डि पउल, कोकी, नाहुइल मोलिना, जियोफ्रे कोन्डोगविया, रेइनिल्डो, फिलिपे र एक्सेल विट्सेल रहेका छन् ।
एट्लेटिकोलाई अंक तालिका सुधार गर्नको लागि रियलविरुद्धको यो खेल महत्वपूर्ण छ । रियललाई पनि शीर्षस्थानमा उक्लन यस खेलमा जितको खाँचो छ ।
यता, रियल पनि एट्लेटिकोलाई हराउँदै पुनः शीर्षस्थानमा फर्कने लक्ष्यमा हुनेछ । बार्सिलोनाले शनिबार राति इल्चेलाई ३–० ले हराएर शीर्षस्थानमा उक्लिएको थियो । रियल पनि आफ्नो प्रमुख फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर लुकास भास्क्वेज टोलीमा हुने छैनन् ।
टोलीसँग लयमा रहेका भिनिसियस जुनियर, रोड्रिगो, फेडरिको भाल्भेर्डे, टोनी क्रुस, एरोलिएन चुआमेनी, लुका मोड्रिच, फर्लान्ड मेन्डी, डेभिड अलाबा, एन्टोनियो रुडिगर, ड्यानी कार्भाजल र थिवाउट कोर्टुवा रहेका छन् ।
यि दुई टोलीबीचको पछिल्लो ४४ खेलको नतिजामा रियल १८ खेलमा विजयी भएको छ । एट्लेटिकोले १३ खेलमा सफलता हात पारेको छ । १३ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो दुई खेलमा दुवै टोलीले समान एक जितेका छन् । पछिल्लो खेलमा एट्लेटिको १–० ले विजयी हुँदा त्यसभन्दा अघि रियल २–० ले विजय िभएको थियो ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]