default_image

3 years ago

September 18, 2022

बंगलादेशविरुद्ध दुई रातो कार्डसँगै नेपालको हार

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२० च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३-० ले पराजित भएको छ । खेलको पहिलो हाफमै नेपाल २-० ले पछि पर्दा नेपालका कप्तान आयुष घलानसहित दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलको छैटौं मिनेटमा नै बंगलादेशले अग्रता लिएको थियो । मोजिबोर जोनीले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरे । दशौं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । फ्रिकिकमा आएको बललाई नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा मोहमद पियास नोभाले गोल गरे ।

खेलको २६ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालले फ्रिकिक लिने क्रममा डिफेन्डर अजय चौधरीले बंगलादेशका खेलाडीमाथि कुइनोले प्रहार गरेको भन्दै रेफ्री अहमद इसा दार्विसले रातो कार्ड देखाए । ३५ औं मिनेटमा नेपालका कप्तान आयुष घलान पनि रातो कार्ड खाँदै बाहिरीए ।

खेलको २० औं मिनेटमा सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका आयुष विपक्षी खेलाडीलाई माझी औंला देखाएपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । आयुषले हात मिलाउने क्रममा बंगलादेशका अजिजुल हक अनन्तोले जिस्काएपछि जवाफ फर्काउने क्रममा आयुषले माझी औंला देखाएका थिए । त्यसो त केहि सेकेन्ड अघि मात्र पहेंलो कार्ड पाएका अनन्तो पनि उक्त हर्कतपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशले अग्रता बढायो । हसन निजुमले गोल गर्दै बंगलादेशलाई सहज जिततर्फ डोर्याएका थिए । यस हारसँगै नेपाल एएफसी यू-२० छनोटको सबै चार खेलमा पराजित हुँदै बाहिरियो । नेपाल समूहको एकमात्र अंकविहिन टोली बन्यो । कतारको ३ खेलमा ९ अंक, बहराइनको ३ खेलमा ७ अंक तथा बंगलादेशको ४ खेलमा ७ अंक छ । भुटानले ४ खेलमा ३ अंक जोड्यो । भुटानले नेपाललाई २-० ले हराएको थियो ।

यसअघि साफ यू-२० च्याम्पियनसिपमा पनि नेपाल र बंगलादेशबीच भएको खेलमा झगडा हुँदा रेफ्रीले पहिलो हाफमै तीन रातो कार्ड देखाएका थिए ।

साफको यो घटना पनि : खेलमा झगडा हुँदा रेफ्रीले देखाए तीन रातो कार्ड

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.