default_image

3 years ago

September 19, 2022

फाइनलमा नेपाल १ गोलले पछाडि

422 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दैछन् । दशरथ रंगशालामा जारी फाइनलमा बंगलादेशले १-० को अग्रता लिएको छ ।

खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले बचाइन् ।

बंगलादेशले खेलको दशौं मिनेटमा नै खेलाडी परिवर्तन गर्यो । पछिल्लो खेलमा चोट बोकेपनि सुरुवात गरेकी मोसमत सोप्नाको स्थानमा साम्सुनाहार मैदान प्रवेश गरिन् । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरिन् । उनले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो ।

२२ औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै गोलरक्षकसम्म पुग्न दिइनन् । खेल्क्प ३० मिनेट चल्दा बंगलादेश १-० ले अघि छ ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.