default_image

3 years ago

September 19, 2022

नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई ऐतिहासिक उपाधि

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो ।

दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो । पहिलो हाफमा २-० ले अग्रता लिएको बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएपनि गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले पुन: २ गोलको अग्रता लियो । थप समयमा गोल हुन नसक्दा बंगलादेशले पहिलो पटक नेपाललाई हराउँदै उपाधि जितेको हो ।

१५ हजार दर्शकसामु खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले बचाइन् ।

बंगलादेशले खेलको दशौं मिनेटमा नै खेलाडी परिवर्तन गर्यो । पछिल्लो खेलमा चोट बोकेपनि सुरुवात गरेकी मोसमत सोप्नाको स्थानमा साम्सुनाहार मैदान प्रवेश गरिन् । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरिन् । उनले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो ।

२२ औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै गोलरक्षकसम्म पुग्न दिइनन् । खेलको ३६ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षक रुपनाले डाइभ दिँदै उत्कृष्ट बचाउ गरिन् । त्यसपछि प्राप्त कर्नरमा नेपालले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइन अघि बंगलादेशका डिफेन्डरले तेस्रो प्रयासमा बल क्लियर गरिन् ।

४१ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोसेपछि कप्तान सविना खातुनले कृष्णारानीलाई थ्रु पास दिइन् । कृष्णाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनमा एन्जिलालाई बचाउने कुनै अवसर दिइनन् ।

दोस्रो हाफमा नेपालले विंगर अनिता केसीको स्थानमा सावित्रा भण्डारीलाई मैदान पठाएको थियो । ४७ औं मिनेटमा अमृता जैशीको हेडरलाई गोलरक्षक रुपनाले मुस्किलले बचाइन् । ५२ औं मिनेटमा नेपालले खेलमा फर्कने सुवर्ण अवसर खेर फाल्यो । अनिता बस्नेतको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेकी रश्मीकुमारी घिसिङले हेडरलाई पोस्टको दिशा दिन सकिनन् ।

६८ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर र गोलरक्षकको बीचबाट गरेको प्रहारमा रुपनाले उत्कृष्ट बचाउ गरिन् । ७० औं मिनेटमा नेपाल खेलमा फर्कियो । अनिता बस्नेतले अअमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २-१ बनाइन् ।

७४ औं मिनेटमा अनिता बस्नेतको कर्नरमा सावित्राको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि अघि बढेको काउन्टर अट्याकमा कृष्णाले गोलरक्षकलाई कुनै अवसर नै दिइनन् ।

८० औं मिनेटमा नेपालले प्रिती राइको स्थानमा रेखा पौडेललाई मैदान प्रवेश गरायो । ८२ औं मिनेटमा दीपा शाहीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक रुपनाले सहजै बचाइन् ।

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.