3 years ago
September 20, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेन्डरसन इंग्ल्यान्डको टोलीमा समावेश भएका छन् ।

हेन्डरसनलाई यसै साता हुने युइएफए नेसन्स लिगमा इटाली र जर्मनीविरुद्धको खेलको लागि टोलीमा समावेश गरिएको हो । ३२ वर्षीय हेन्डरसन यसअघि ग्यारेथ साउथगेटको सुरुवाती टोलीमा समोवश थिएनन् ।
न्यूक्यासलमाथि २–१ को जित निकालेको खेलपछि उनले चोट बोक्दा तीन खेल गुमाउन पुगेको थियो । अहिले उनको चोट ठीक भइसकेको छ । उनी इंग्ल्यान्डको टोलीसँग समावेश भइसकेको छ ।
काँधको चोटकै कारण म्यानचेस्टर सिटीका काल्भिन फिलिप्सले खेल गुमाउने भएपछि उनको स्थानमा हेन्डरसनलाई टोलीमा बोलाइएको हो । इंग्ल्यान्डबाट ६९ क्यप जितेका हेन्डरसनले २०२२ मा एक पटक मात्रै इंग्ल्यान्डको टोलीबाट खेलेका छन् ।
उनले पछिल्लो इंग्ल्यान्डका लागि गत मार्चमा स्वीट्जरल्यान्डमाथि २–१ को जित निकालेको खेल खेलेको थियो । इंग्ल्यान्डले युरोपियन च्याम्पियन इटालीसँग सान सिरोमा शुक्रबार तथा जर्मनीसँग वेम्वली स्टेडियममा सोमबार राति खेल्नेछ ।
नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्ड ४ खेलबाट २ अंक जोडेर पुछारमा छ । हंगेरी ७ अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनीले ६ तथा इटालीले ५ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]