3 years ago
September 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा भएको एएफसी यू–२० एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली युवा टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली सोमबार राति स्वदेश फर्किएको हो । नेपाली युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य अनिल मल्ल, पुरुषोत्तम थापा, रविन्द्र चन्द र टिकाराम लामालगायतले स्वागत गरे ।
समूह ‘बी’ मा नेपाल जित विहीन बनेको थियो । नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१, तेस्रो खेलमा बहराइनसँग ६–० ले तथा अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]