default_image

3 years ago

September 22, 2022

राष्ट्रिय टोलीबाट बाहिरिए यू-२० कप्तान आयुष, कारण यस्तो

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग अर्को साता हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । खेल असोज ११ गते मंगलबार दशरथ रंगशालामा हुनेछ ।

यसअघि घोषणा भएको ३० सदस्यीय टोलीबाट ७ जना बाहिर राख्दै कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले टोली सार्वजनिक गरेका हुन् । प्रशिक्षक हुमागाईले गत साता एएफसी यू-२० च्याम्पियनसिप छनोटमा रातो कार्ड खाएका नेपाल यू-२० टोलीका कप्तान आयुष घलानलाई पनि टोलीमा समेटेका छैनन् । उनलाई बाहिर राख्नुको कारणबारे प्रशिक्षक हुमागाईले पत्रकार सम्मेलनमा यस्तो जवाफ दिए ।

‘आयुषको बारेमा अखिल नेपाल फुटबल संघको प्राविधिक समितिले निर्णय गर्ला । वा एन्फाको अनुशासन समिति केही होला । अहिले म अनभिज्ञ छु त्यो बारेमा । तर अहिले तत्कालको लागि टिममा किन परेन भन्दा उ अहिले यू-२० टोलीमा नै रहेको कारण हो । अन्य बारेमा मैले त्यति जानकारी छैन ।’

मैले पनि खेल हेरेको थिएँ । रेड कार्ड पाएको देखेको हो । खेलाडीको रुपमा त्यो स्वीकार हुन सक्दैन । प्रशिक्षण टोलीको हिसाबले भन्दा खेलाडीको अनुशासन महत्त्वपूर्ण पाटो हो । म पक्कैपनि असन्तुष्ट छु । खेलाडी भएपछि राम्रो आचरण हुनुपर्छ, मैदानभित्र होस् या बाहिर । त्यसले पनि हामीलाई मानसिक रुपमा केहि असर गरेको छ, निर्णय त्यहि भन्दापनि ।’

यो पनि :

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

कप्तान आयुषसहित नेपालका दुई खेलाडीलाई पहिलो हाफमै रातो कार्ड

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.