default_image

3 years ago

September 22, 2022

राष्ट्रिय टोलीमा पहिलोपटक परेका आशिष र ऋतिक को हुन् ?

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अर्को साता खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा दुई खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

विंगरद्वय ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ । टोलीले पछिल्लो एक महिनादेखि खेलका लागि प्रशिक्षण गरिरहेको छ ।

पहिलो पटक टोलीमा परेका ऋतिकले ए डिभिजन लिगमा थ्री स्टार क्लबका लागि खेल्दै आएका छन् । यता आशिषले भने बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ऋतिक राइट विंगमा खेल्ने गर्दछन् । ब्रिगेड ब्वाइज क्लबका लागि ललित स्मृति यू-१८ लिगमा खेल्दै चम्किएका उनले त्यसपछि ब्रिगेड ब्वाइजका लागि पनि एक सिजन खेले । त्यसपछि प्रशिक्षक उर्जन श्रेष्ठले थ्री स्टार आएपछि ऋतिकलाई पाटने क्लबमा ल्याएका थिए । उनले गत सिजन लिगको १३ खेल नै सुरुवात गर्दै ३ गोल गरेका थिए ।

यता आशिषले चर्च ब्वाइजका लागि बी डिभिजन लिगको १२ खेलमा ४ गोल गरेका थिए । बायाँ खुट्टा चलाउने उनी तीव्र गतिका लागि चिनिन्छन् । उनी बी डिभिजनको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । आशिषकै उच्च प्रदर्शनमा चर्च ब्वाइजले ए डिभिजन लिगको यात्रा तय गरेको थियो ।

२३ सदस्यीय टोली :

गोलरक्षक: किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

यो पनि :

राष्ट्रिय टोलीबाट बाहिरिए यू-२० कप्तान आयुष, कारण यस्तो

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

Success

Thank you for your time.