default_image

3 years ago

September 22, 2022

नेपालसँग खेल्नुअघि बंगलादेशले कम्बोडियालाई हरायो

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कम्बोडियालाई पराजित गरेको छ । कम्बोडियाको घरेलु मैदानमा बंगलादेशले १-० को जित हासिल गरेको हो ।

बंगलादेशको जितमा रकिब हुसेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा बंगलादेश र कम्बोडिया दुवैले गोलको अवसर पाएका थिए । तर अग्रता लिएपछि डिफेन्समा बलियो प्रदर्शन गर्दै बंगलादेशले घरेलु टोलीलाई खेलमा फर्कन दिएन ।

बंगलादेश अब दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाल आउने कार्यक्रम छ । बंगलादेश भोली राती नेपाल आइपुग्नेछ । नेपाल र बंगलादेशबिचको खेल असोज ११ गते हुनेछ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालले विहीबार नै बंगलादेशविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ ।

यो पनि :

राष्ट्रिय टोलीबाट बाहिरिए यू-२० कप्तान आयुष, कारण यस्तो

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.