3 years ago
September 23, 2022
एजेन्सी – फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो ।

स्टेड डि फ्रान्समा बिहीबार राति भएको खेलमा फ्रान्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवा बढाएपनि फ्रान्सले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
५६औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले अग्रता लिन सफल भयो । उनले जिरुडको पासमा गोल गर्न सफल भएका थिए । यो उनको ५७ क्यापमा २७औं गोल हो ।
६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । उनको यो ४८औं अन्तर्राष्ट्रिय गोल हो । उनी फ्रान्सको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि थिएरी हेनरी (५१) शीर्षस्थानमा रहेका छन् ।
यस जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

यही समूहको अर्काे खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गरेको छ । क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।
यस जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]