3 years ago
September 23, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतार नोभेम्बर तेस्रो सातादेखि सुरु हुँदैछ । विश्वकपमा सहभागी ३२ टोलीको समूह विभाजन र खेल तालिका तयार भइसकेको छ ।

विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सहभागी टोलीहरु आ-आफ्नो क्षेत्रको छनोट चरण पार गर्दै मुख्य प्रतियोगिताका लागि छनोट भएका हुन् । यसक्रममा केही ठूला टोलीले पनि विश्वकपमा स्थान बनाउन सकेका छैनन् । वर्तमान समयमा विश्व फुटबलमा चर्चा बटुलेका केही स्टार खेलाडी विश्वकपमा छनोट हुन नसक्दा त्यस समयमा आफ्नो क्लबसँग प्रशिक्षण गरिरहेका हुनेछन् ।
एर्लिङ हालान्ड

म्यानचेस्टर सिटी आएयता इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेका हालान्डको टोली नर्वे विश्वकपमा छनोट हुन सकेन । त्यसैले उनी विश्वकपमा खेल्ने छैनन् । विश्वकप छनोटमा राष्ट्रिय टोलीका लागि ५ गोल गरेपनि नर्वेले छनोट चरण पार गर्न सकेन । युरोपेली छनोटको समूह जीमा नेदरल्यान्ड्सले शीर्षस्थान हासिल गर्दा टर्की दोस्रो भएको थियो ।
मोहमद सलाह

लिभरपुलका स्टार मोहमद सलाहको टोली इजिप्टले पनि विश्वकपमा स्थान बनाउन सकेन । अफ्रीका कप अफ नेसन्सको फाइनलमा सेनेगलसँग हार बेहोरेको इजिप्टले विश्वकप छनोटमा पनि सेनेगलसँग नै हार बेहोरेको थियो । छनोटको निर्णायक खेल टाइब्रेकरमा पुग्दा सलाहले पेनाल्टीमा गोल गर्न सकेनन् र इजिप्ट विश्वकप पुग्न सकेन ।
डेविड अलाबा

रियल म्याड्रिडका मुख्य डिफेन्डर डेविड अलाबा पनि यसपटक विश्वकपमा देखिने छैनन् । युरोपेली च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको अष्ट्रियाले विश्वकप छनोटमा भने सोही लयलाई कायम राख्न सकेन । अष्ट्रियाले विश्वकप छनोटको प्लेअफमा वेल्सविरुद्ध २-१ को हार बेहोरेको थियो ।
मार्को भेराट्टी

आधुनिक फुटबलका उत्कृष्ट मिडफिल्डरमा गनिने भेराट्टीले हालसम्म एक विश्वकप मात्र खेलेका छन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनी टोलीमा रहेका थिए । त्यसयता इटालीले सन् २०१८ मा रुस र सन् २०२२ मा कतारमा भएको विश्वकपमा स्थान बनाउन सकेन । युरोपेली च्याम्पियन इटाली विश्वकप छनोट प्लेअफमा उत्तर म्यासेडोनियासँग पराजित हुँदै बाहिरिएको थियो ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]