3 years ago
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीले आफ्नो क्लबमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ मा आबद्ध औपचारिक रुपमा जानकारी दिएको छ ।

फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिनानै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको हो । किरणले पनि समाजिक सञ्जालमार्फत पुनः पन्जाबमा फर्कदा खुसी लागेको र टोलीलाई च्याम्पियन बनाउन आफ्नोतर्फबाट राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
किरण माल्दिभ्सको लिग च्याम्पियन टोली माजिया स्पोर्टस एन्ड रिक्रिएसन सेन्टरबाट किरण भारतीय क्लबमा आबद्ध भएका हुन् । किरण भदौ ५ गते माजियाबाट पन्जाबमा सरुवा भएका थिए । त्यसैकारण माजियाले भदौ ५ गते एएफए कप जित्दा किरण टोली बाहिर रहेका थिए । त्यसअघि माजियालई दिवेही प्रिमियर लिग उपाधि जिताउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनी लिगको उत्कृष्ट गोलकिरपर समेत चुनिएका थिए ।
माजियाले उपाधि उचालेको समारोहकैबीच किरणले आफ्नी प्रेमिका तथा पेशाले विमान परिचारिका कन्चन निरौलालाई फिल्मी शैलीमा औंठी दिदै विवाहको प्रस्ताव राखेका थिए । किरण र कन्चनको भदौ १५ गते काठमाडौंमा विवाह भइसकेको छ । विवाहपछि किरण भारत पुगिसकेका छन् ।

किरण तेस्रो पटक पन्जाबमा आबद्ध भएका हुन् । किरण पहिलो पटक सन् २०१७ /१८ को सिजनमा पन्जाबमा आबद्ध भएका थिए । त्यो सिजन पन्जाब लिग च्याम्पियन बनेको थियो । त्यसयता उनी भारत र माल्दिभ्सका क्लबहरुमा आबद्ध हुँदै आएका छन् । २०१८ माल्दिम्सको टिसी स्पोर्टस्लाई लिग च्याम्पियन बनाएका किरण उत्कृष्ट गोलकिपर समेत बनेका थिए ।
सन् २०१९ /२० को सिजनमा पुनः पन्जाबमा आबद्ध भएका किरण टोली आइ लिगमा तेस्रो हुँदा पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए । गत वैशाखमा स्वदेशमा नेपाल सुपर लिगमा धनगढीबाट खेल्दै उत्कृष्ट गोलकिपर चुनिएका किरण यो पटक फेरि माल्दिभ्सको लिगमा माजियाबाट च्याम्पियन बनेका छन् ।
दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीमा परेका छन् । उनी मैत्रीपूर्ण खेलका लागि उपलब्ध हुन सक्ने बिहीबार पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले जानकारी दिएका थिए । गत महिना राष्ट्रिय खेलकुद परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा किरण उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]