default_image

2 years ago

September 24, 2022

बंगलादेशी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राती काठमाडौं आइपुगेको छ । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्यद्वय रविन चन्द र पुरुषोत्तम थापाले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको एन्फाले जनाएको छ । कम्बोडियासँगको […]

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली शुक्रबार राती काठमाडौं आइपुगेको छ । नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ दशरथ रंगशालमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्यद्वय रविन चन्द र पुरुषोत्तम थापाले बंगलादेशी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको एन्फाले जनाएको छ । कम्बोडियासँगको मैत्रीपूर्ण खेलेर बंगलादेश टोली सिधै काठमाडौं आएको हो । बिहीबार भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० ले हराएको थियो । नेपाल र बंगलादेश झण्डै एक वर्षपछि एकअर्काको सामना गर्दैछन् ।

गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा यी दुई टोलीबीच भेट भएको थियो । त्यो खेल १–१ को बराबरी गरेपछि नेपाल साफ च्याम्पिनयसिप इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । बंगलादेश भने चौथो स्थानमा रहँदै च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

त्यसअघि २०७७ को चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपमा भाग लिन बंगलादेश नेपाल आएको थियो । कीर्तिस्तान यू २३ को सहभागिता रहेको च्याम्पिनयसिपमा नेपाल र बंगलादेशले फाइनल खेलेका थिए । फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । त्यसअघि राउन्ड रोविनमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनलमा एक गोल र विशाल राईको गोलमा एसिस्ट गरेको सन्जोक राई भने यसपटक टोली नै अटाएनन् । ४ गोलकिपर राख्दै कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.