default_image

2 years ago

September 24, 2022

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । अर्जेन्टिनाले होन्डुरसमाथि ३–० को सहज जित निकालेको छ । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिन सफल भयो । मेस्सी हँुदै एलेसान्द्रो गोमेजले मिलाइदिएको […]

150 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

अर्जेन्टिनाले होन्डुरसमाथि ३–० को सहज जित निकालेको छ । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिन सफल भयो । मेस्सी हँुदै एलेसान्द्रो गोमेजले मिलाइदिएको पासलाई मार्टिनेजले जाली चुमाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । राहुल सान्तोषले जियोभानी लो सेल्सोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रदान गर्दा मेस्सी चुकेनन् ।

६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । इन्जो फर्नान्डेसको पासमा मेस्सीले झन्डै २५ यार्डबाट गरेको प्रहारले जाली चुमेको थियो ।

अर्जेन्टिनाले आगामी नोभेम्वर डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतार २०२२ को अन्तिम तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल खेलेको हो । अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान खेल्नेछ । त्यसपछि अर्जेन्टिना विश्वकपमा होमिनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.