default_image

2 years ago

September 24, 2022

किरण भोली नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भोली (आइतबार) नेपाल आइपुग्ने भएको छ । उनले आइतबार साँझ नेपाल आइपुग्ने हाम्रो खेलकुदलाई जानकारी गराए । उनी भारतीय आइ लिग क्लब राउन्ड ग्लास पन्जावको प्रशिक्षणमा रहेका छन् । विवाह अघि उनी केही दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेका थिए । विवाहपछि भने उनी माल्दिभ्स गएका […]

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भोली (आइतबार) नेपाल आइपुग्ने भएको छ । उनले आइतबार साँझ नेपाल आइपुग्ने हाम्रो खेलकुदलाई जानकारी गराए ।

उनी भारतीय आइ लिग क्लब राउन्ड ग्लास पन्जावको प्रशिक्षणमा रहेका छन् । विवाह अघि उनी केही दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेका थिए । विवाहपछि भने उनी माल्दिभ्स गएका थिए ।

‘जम्सेदपुरबाट दिल्ली आएर भोली साँझ काठमाडौं आइपुग्ने छु । यहाँ राउन्ड ग्लास पन्जावको पनि प्रशिक्षण चलिरहेको छ । खेलेको भोलीपल्टै (बुधबार) भारत जानेछु ।’ किरणले भने, ‘बंगलादेशसँगको खेलको लागि उत्साहित छु । आशा छ खेल राम्रो नै हुनेछ ।’ उनले बंगलादेश र कम्वोडियाबीचको खेल हेरेको र कम्वोडियाले खेल राम्रो खेलेपनि काउन्टर अट्याकमा गोल खाएको बताए ।

राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जितेका किरण गत जेठमा भएको एसियन कप छनोटमा भने टोलीमा थिएनन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादपछि १० खेलाडीले प्रशिक्षण छाड्नु परेपछि किरणले उनीहरुलाई साथ दिने समाजिक सञ्जालमार्फत जनाएका थिए ।

त्यहि कारण उनलाई अल्मुताइरीले टोलीमा सामेल गराएका थिएनन् । त्यसपछि उनले राष्ट्रिय टोलीबाट एसियन कप छनोटको तीन खेलसँगै दुई मैत्रीपुर्ण खेल गुमाएका थिए । किरण पछिल्लोपटक नेपालमा भएको मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल खेलेका थिए ।

गत महिना नै भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका किरणलाई क्लबले शुक्रबार मात्रै आधिकारिक रुपमा सार्वजनिक गरेको थियो ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.