default_image

2 years ago

September 25, 2022

स्पेनमाथि स्वीट्जरल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डले स्पेनमाथि उसकै मैदानमा रोमाञ्चक जित निकालेको छ । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको हो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए । जारागोजामा शनिबार राति भएको खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्वीट्जरल्यान्डले सुरुवाती अग्रता लिन सफल भयो । […]

71 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डले स्पेनमाथि उसकै मैदानमा रोमाञ्चक जित निकालेको छ । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको हो ।

स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए । जारागोजामा शनिबार राति भएको खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्वीट्जरल्यान्डले सुरुवाती अग्रता लिन सफल भयो । उनले रुवेन भर्गासको पासमा गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए । स्पेनको बराबरी गोल तीन मिनेट पनि टिकेन ।

५८औं मिनेटमा एकान्जीको पासमा ब्रिल इम्वोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा स्वीट्जरल्यान्ड विजयी हुन सफल भयो । स्पेनले ७५ प्रतिशत बल पोसेसन राखेपनि जित निकाल्न सकेन ।

यस जितसँगै स्वीट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा रहेको छ ।

स्पेनको हारसँगै यस समूह लिग ए ग्रुप दुई बाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ । अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल र स्पेनमा विजयी हुने टोली प्ले अफमा पुग्नेछ । अर्काे खेलमा पराजित हुने टोली रेलिगेसनमा पर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.