default_image

2 years ago

September 25, 2022

मित्रोभिकको ह्याट्रिकमा स्वीडेनको हार

एजेन्सी – एलेक्सान्डर मित्रोभिकको ह्याट्रिक मद्दतमा सर्वियाले युइएफए नेसन्स लिगमा स्वीडेनमाथि सानदार पूनरागमन जित निकालेको छ । सर्वियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो । वियोग्राडमा शनिबार राति भएको खेलको १५औं मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । १८औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले […]

151 views

0 Bookmark

एजेन्सी – एलेक्सान्डर मित्रोभिकको ह्याट्रिक मद्दतमा सर्वियाले युइएफए नेसन्स लिगमा स्वीडेनमाथि सानदार पूनरागमन जित निकालेको छ । सर्वियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो ।

वियोग्राडमा शनिबार राति भएको खेलको १५औं मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

१८औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्ड्रिजा जिभकोभिकको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एलेक्सान्डर मित्रोभिकले डुसान टाडिकको पासमा अर्काे गोल गर्दै सर्वियालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

४८औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक पूरा गरेपछि सर्विया खेलमा ३–१ ले अघि बढ्यो । यसपटक उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

७०औं मिनेटमा सासा लुकिकले गोल गर्दै सर्वियालाई सानदार पूनरागमन जित दिलाए । उनले डार्काे लाजोभिकको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै सर्विया लिग बी ग्रु ४ मा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अंक रहेपनि नर्वे शीर्षस्थानमा छ । पराजित स्वीडेन ३ अंक जोडेर पुछारमा रहँदा स्लोभेनियाको ५ अंक छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.