default_image

2 years ago

September 25, 2022

हालान्डको गोलको बावजुत नर्वेको हार

एजेन्सी – गोलमेसिन एर्लिङ ब्राउट हालान्डको गोलको बावजुत नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको छ । नर्वेले सुरुवाती अग्रता लिनका बावजुत घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा तीन गोल भएको थियो । ४७औं मिनेटमा हालान्डले गोल गर्दे नर्वेलाई सुरुवाती अग्रता दिलाए । […]

201 views

0 Bookmark

एजेन्सी – गोलमेसिन एर्लिङ ब्राउट हालान्डको गोलको बावजुत नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको छ । नर्वेले सुरुवाती अग्रता लिनका बावजुत घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा तीन गोल भएको थियो । ४७औं मिनेटमा हालान्डले गोल गर्दे नर्वेलाई सुरुवाती अग्रता दिलाए । उनले मोहम्मेद इलयोउनोउसीको पासमा गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा एन्डराज स्पोररले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले बेन्जामिन सेस्कोको पासमा गोल गर्न सफल भएका थिए । अघिल्लो गोलमा असिस्ट दिएका सेस्कोले ८१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को पूनरागमन जित दिलाए ।

यस जितसँगै लिग बी ग्रु ४ मा स्लोभेनिया ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हारका बाबजुत नर्वे १० अंक जोडेर शीर्षस्थानमा छ । समान १० अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । स्वीडेन ३ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
नर्दन आयरल्यान्ड
विरुद्ध कोसोभो (–१), चेक रिपब्लिकविरुद्ध पोर्चुगल (०–), स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (१–), स्कटल्यान्डविरुद्ध आयरल्यान्ड (–१), इजरायलविरुद्ध अल्वानिया (–१), सर्वियाविरुद्ध स्वीडेन (–१) र साइप्रसविरुद्ध ग्रीस (–०)

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.