default_image

2 years ago

September 25, 2022

कर्णाली र लुम्बिनी सेमिफाइनलमा

कैलाली (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो दिन नै भएको खेल पूरा हुन नसक्दा आइतबार खेल हुँदा सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हराएर कर्णालीले अन्तिम चारमा स्थान पक्का गरेको हो । लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि […]

132 views

0 Bookmark

कैलाली (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो दिन नै भएको खेल पूरा हुन नसक्दा आइतबार खेल हुँदा सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हराएर कर्णालीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा खेल भएको थियो । अब कर्णाली प्रदेशले फाइनल प्रवेशका लागि प्रदेश नम्बर १ र बागमति प्रदेश बीचको विजेतासँग खेल्नेछ ।

आइतबारै लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच हुने खेलको विजेतासँग खेल्नेछ ।

सोमबार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ । पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता १५ असोजसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन । उप विजेताले नगद ३ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.