default_image

2 years ago

September 26, 2022

क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

एजेन्सी – विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो । अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे […]

114 views

0 Bookmark

एजेन्सी – विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो ।

अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा कप्तान मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिन सफल भयो । उनले निकोलो भ्लासिकको पासमा गोल गर्न सफल भएका थिए । नवौं मिनेटमा क्रिस्टोफ बाअमगार्टनरले बराबरी गोल फर्काए ।

६९औं मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा डिजान लोभरेनले गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।

क्रोएसियासँगको हारसँगै अष्ट्रियाले लगातार पाँचौ खेलमा जित निकाल्न सकेन । यो सन् २०११ पछि अष्ट्रियाको सबैभन्दा कमजोर प्रदर्शन हो ।

यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । ४ अंक जोडेर पुछारमा रहेको अष्टिन्य रेलिगेसनमा परेको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.