default_image

2 years ago

September 26, 2022

नेदरल्यान्ड्सले बेल्जियमलाई हरायो

एजेन्सी – युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गरेको गोल नै निर्णायक बन्यो । उनले ७३औं मिनेटमा कोडी गाक्पोको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै नेदरल्यान्ड्स समूह […]

107 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–० को जित निकालेको हो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा भान डाइकले गरेको गोल नै निर्णायक बन्यो । उनले ७३औं मिनेटमा कोडी गाक्पोको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै नेदरल्यान्ड्स समूह चरणसँगै पछिल्लो १५ खेलसम्म अपराजित रहन सफल भएको छ । युरो २०२० मा चेक रिपब्लिकसँग २–० ले पराजित भएयता नेदरल्यान्ड्स अपराजित रहेको छ । जसमा ११ जित र ४ बराबरीको नतिजा छ ।

यो जितसँगै नेदरल्यान्ड्स लिग ए ग्रुप ४ मा अपराजित रहँदै ६ खेलबाट १६ अंक जोड्न सफल भयो । बेल्जियम १० अंक जोडेर पुछारमा रह्यो । पोल्यान्ड ७ अंक जोडेर तेस्रो तथा वेल्स १ अंक जोडेर पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । कार्डिफ स्टेडियममा पोल्यान्डको जितमा कारोल स्वीडेर्स्कीले ५८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.