default_image

2 years ago

September 26, 2022

डेनमार्कसँग फ्रान्स स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० ले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई […]

160 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० ले स्तब्ध बनेको हो ।

पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाए । उनले मिकेल ड्याम्सगार्डको पासमा गोल गर्न सफल भएका थिए ।

३९औं मिनेटमा एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले थोमस डिलानेको पासलाई सदुपयोग गरेका थिए । खेलमा पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो नतिजासँगै डेनमार्क लिग ए ग्रुप १ मा १२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पराजित फ्रान्स ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

अष्ट्रियालाई ३–१ ले हराएर क्रोएसिया १३ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल फोरमा प्रवेश गरेको छ । ४ अंक जोडेर पुछारमा रहेको अष्ट्रिया रेलिगेसनमा परेको छ ।

अन्य नतिजा
अजरवैजान
विरुद्ध काजकस्तान (–०), स्लोभाकियाविरुद्ध बेलारुस (१–१), एन्डोराविरुद्ध लात्भिया (१–१), मोल्दोभाविरुद्ध लिचेस्टाइन (–०), नेदरल्यान्ड्सविरुद्ध बेल्जियम (–०), वेल्सविरुद्ध पोल्यान्ड (०–), फारोइ आइल्यान्डविरुद्ध टर्की (–१) र लक्जेमवर्गविरुद्ध लिथुआनिया (–०)

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.