default_image

2 years ago

September 27, 2022

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज (मंगलबार) घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि दुवै टोली तयार रहेको खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक तथा कप्तानले जानकारी दिएका छन् । पछिल्लो चार खेलमा अपराजित नेपाल सोही अपराजित लयलाई निरन्तरता दिँदै मैदान उत्रने […]

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज (मंगलबार) घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि दुवै टोली तयार रहेको खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक तथा कप्तानले जानकारी दिएका छन् ।

पछिल्लो चार खेलमा अपराजित नेपाल सोही अपराजित लयलाई निरन्तरता दिँदै मैदान उत्रने लक्ष्यमा हुनेछ । नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । थ्री नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यो भन्दा अघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।

यता, बंगलादेश पनि नेपालमाथिको अपराजित यात्रालाई पूर्णविराम लगाउने लक्ष्यमा मैदान उत्रनेछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कम्वोडियालाई १–० ले हराएर चार दिनअघि नेपाल अइपुगेको बंगलादेश उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

नेपाली टोलीमा यसपटक तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण क्याम्पबाट निकालेका १० खेलाडीसहित कप्तान किरण चेम्जोङले पूनरागमन गरेका छन् । एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण दौरान खेलाडीसँगको विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले कप्तान किरणसहित १० खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडी थपेर एसियन कप छनोट खेलेको थियो ।

नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले यो आफ्नो लागि राम्रो अवसर रहेको बताए । ‘मेरो लागि मात्रै होइन, देशको लागि पनि यो महत्वपूर्ण खेल हो । मलाई एकदम सहज फिल भएको छ । आजभन्दा १२ वर्षअघि यही समयमा थ्री स्टारमा आबद्ध भएको थिए । त्यतिबेला थ्री स्टारमा गोलरक्षक किरण थिए । अहिले पनि किरण नै छ । फरक क्लब र राष्ट्रको लागि हो । जित्नको लागि खेल खेलिने र जित हुन्छ । भोलिसम्मको योजना रहेको र त्यसपछि के हुन्छ, सोचिएको छैन ।’

कप्तान किरण चेम्जोङले बंगलादेशसँग खेल्न उत्सुक रहेको बताए । ‘खेल जित्नकै लागि खेलिन्छ । यो खेलको जित र हारले ठुलो अर्थ लाग्छ । बंगलादेशसँगको हाम्रो खेल सधैं प्रतिस्पर्धात्मक हुन्छ । मंगलबारको खेल पनि उस्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।’ कप्तान किरणले भने ।

नेपालले झण्डै ५ साताको प्रशिक्षण गरेको छ । तर किरणले भने ब्यक्तिगत कारण कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईंसँग तीन दिनमात्र प्रशिक्षण गरेका छन् । ‘प्रशिक्षक वहाँ भएर आएपछि हामीले लगभग पाँच हप्ता अभ्यास ग¥यौं । टिमसँग मैले तीन दिन अभ्यास गर्ने अवसर पाएको र तयारी राम्रो भएको कप्तान किरणले बताए । उनले बंगलादेशसँगको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए ।

बंगलादेशका प्रशिक्षक जाभिएर फर्नान्डेज क्याब्रेराले टोलीको तयारी राम्रो रहेको बताउँदै मंगलबार जितको लागि खेल्ने बताए । ‘खेल बराबरीकै हो । हामी जित्नको लागि खेल्नेछौं । कम्वोडियामाथिको जितले टोलीको मनोवल बढेको छ ।’ प्रशिक्षकले भने, ‘हामी चार दिनदेखि यहाँ छौं । यहाँको वातावरणसँग घुलमिल भइसकेका छौं । नेपालको टोलीमा नयाँ प्रशिक्षक आएका छन् ।

उनीहरुविरुद्ध हामी आफ्नो उत्कृष्ट खेल्नेछौं । बंगलादेशका कप्तान जमल भुयनले कम्वोडियामाथिको जितले टोलीको आत्मविश्वास बढेको बताए । उनले घरेलु टोली नेपाललाई सम्मान गर्दै जित्नकै लागि खेल्ने बताए ।

उनले महिला टोलीले साफ च्याम्पियनसिपमा नेपाललाई नै जितेर इतिहास रचेको बताउँदै टोली जितकै लागि मैदान उत्रने बताए । नेपाल र बंगलादेशबीच हालसम्म २६ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ७ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.