default_image

2 years ago

September 27, 2022

बंगलादेशविरुद्ध नेपाल २–० ले अघि

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टको दुई गोलमा नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जनले १८औं र २७औं मिनेटमा गोल गर्दै नेपाललाई २–० ले अघि बढाएका हुन् । १४औं मिनेटमा विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टको दुई गोलमा नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जनले १८औं र २७औं मिनेटमा गोल गर्दै नेपाललाई २–० ले अघि बढाएका हुन् ।

१४औं मिनेटमा विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिदा नेपाल अग्रता लिन बाट चुक्यो । १७औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।

१८औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । आँफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका हुन् ।

२७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठ हुँदै विमल र विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले सहज फिनिस गरे ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.