default_image

2 years ago

September 27, 2022

बंगलादेशविरुद्ध अन्जनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टले राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गरेपछि नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जनले १८औं, २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको […]

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टले राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गरेपछि नेपालले बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जनले १८औं, २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको हो ।

१४औं मिनेटमा विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिदा नेपाल अग्रता लिन बाट चुक्यो । १७औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।

१८औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । आँफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका हुन् ।

२७औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । सुजल श्रेष्ठ हुँदै विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले सहज फिनिस गरे ।

३८औं मिनेटमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपाल खेलमा ३–० ले अघि बढ्यो । विशाल राईको फ्रिकिकलाई अन्जनले हेडमार्फत गोल गर्न सफल हुँदा बंगलादेशका गोलरक्षक अनिसुर रहमानले कुनै प्रतिक्रिया जनाउन पाएन ।

अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.