default_image

2 years ago

September 28, 2022

पोर्चुगललाई हराएर स्पेन फाइनल फोरमा

एजेन्सी – पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो । स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए । […]

100 views

0 Bookmark

एजेन्सी – पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए ।

स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको खेलको घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि स्पेनको गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।

२१औं मिनेटमा डिएगो जोटाबाट आएको पासमा रोनाल्डोले मिलाइदिएको पासमा कार्भाल्होको प्रहारले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

४७औं मिनेटमा रोनाल्डोको चलाखीपूर्ण पासमा जोटाको प्रहारलाई स्पेनका गोलरक्षकले नियन्त्रणमा लिन सफल भए । ७०औं मिनेटमा कार्भाल्होको फ्रिकिकमा रुवेन डियासको प्रहारले गोलरक्षक सिमोन बिट भएपनि ड्यानी कार्भाजलले बचाए ।

८८औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । उनले निको विलियम्सको पासलाई सदुपयोग गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए । ९०औं मिनेटमा रोनाल्डोले बराबरीको सुवर्ण अवसर पाएपनि उनको प्रयासलाई गोलरक्षक सिमोनले बचाए ।

यस जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए ।

यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान बनाएका छन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.