default_image

2 years ago

September 28, 2022

नर्वेमाथि सर्वियाको जित

एजेन्सी – युइएफए नेसन्स लिगमा सर्वियाले नर्वेलाई पराजित गरेको छ । सर्वियाले नर्वेलाई उसकै मैदानमा २–० को सहज जित निकालेको हो । नर्वेको जितमा डुसान भ्लाहोभिच र एलेक्सान्डर मित्रोभिकले गोल गरे । सर्वियाले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकाल्यो । ओस्लोमा मंगलबार राति भएको खेलको ४२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल […]

133 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा सर्वियाले नर्वेलाई पराजित गरेको छ । सर्वियाले नर्वेलाई उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

नर्वेको जितमा डुसान भ्लाहोभिच र एलेक्सान्डर मित्रोभिकले गोल गरे । सर्वियाले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकाल्यो ।

ओस्लोमा मंगलबार राति भएको खेलको ४२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए ।

५४औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै सर्वियाको अग्रता दोब्बर पारे । उनले इभानको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सर्विया विजयी हुन सफल भयो । यस जितसँगै सर्विया लिग बी ग्रुप ४ मा १३ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित नर्वे १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा स्वीडेन र स्लोभेनियाले १–१ गोलको बराबरी खेलेका छन् । स्लोभेनियाका बेन्जामिन सेस्कोले गोल गर्दा स्वीडेनका इमिल फोसवर्गले बराबरी गोल फर्काए ।

अन्य नतिजा
आयरल्यान्ड
विरुद्ध अर्मेनिया (–२), युक्रेनविरुद्ध स्कटल्यान्ड (०–०), अल्वानियाविरुद्ध आइसल्यान्ड (१–१), ग्रीसविरुद्ध नर्दन आयरल्यान्ड (–१), कोसोभोविरुद्ध साइप्रस (–१),

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.