1 year ago
September 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– रुपेश अधिकारी र दिपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । एन्फाको बुधबार जारी विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको हो । ४ मध्य विशेष साधारण सभाका एक प्रतिनिधिका अनुसार अधिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गरेका छन् । लोकेन्द्र गुरुङले ४५ […]
काठमाडौं (हाम्रो खेलकुद)– रुपेश अधिकारी र दिपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । एन्फाको बुधबार जारी विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको हो ।
४ मध्य विशेष साधारण सभाका एक प्रतिनिधिका अनुसार अधिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गरेका छन् । लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरेका थिए । धिमाल संस्थापन पक्षका र अन्य तीन जना उम्मेदवार निर्वतमान अध्यक्ष कर्मा छिरङ शेर्पा पक्षका हुन् ।
असार ६ गतेको निर्वाचनमा १५ जना सदस्य निर्वाचित हुनु पर्नेमा १३ जना मात्र भएका थिए । अन्तिम ४ जनाको बराबर ३९ मत आएपछि विशेष साधारण सभाले टुंगाउने निर्णय अनुसार आज निर्वाचन भएको हो ।
यो नतिजासँगै २१ सदस्यीय कार्यसमिति पूर्ण भएको छ । यसअघिको निर्वाचनले पंकज नेम्बाङअध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १३ सदस्य निर्वाचित गरेको थियो ।
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]
March 18, 2024
एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो । दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]
March 18, 2024
एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]